चितवन, वैशाख ९
उपनिर्वाचनको मतदाको दिन भोलि चितवन क्षेत्र नं २ भर एम्बुलेन्स र दमकल बाहेकका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी चितवन २ मा पर्ने राजमार्गसहितका सबै सडकमा अनुमति लिन नपर्ने अत्यावश्यक सेवा एम्बुलेन्स र दमकल बाहेकका अन्य सवारी साधनलाई रोक लगाउने बताएको हो ।



