देवघाट तनहुँ:बैशाख १०

तनहुँ-१ मा प्रतिनिधिसभा सदस्य उप-निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।

साथै तनहुँ -१ अन्तर्गत पर्ने देवघाट गाउँपालिकाको उप-निर्वाचन पनि शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ भने करिब ५० प्रतिशत मत खसेको छ। देवघाट गाउँपालिकाको ५ वटा वडाहरुमा शान्त वातावरणमा मतदाताहरूले मतदान गरेको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले जानकारी दिए ।

देवघाट गाउँपालिकाको जम्मा मतदाता संख्या: १२७१२ रहेकोमा देवघाट १नम्बर वडामा मतदाता संख्या २१०१ रहेकोमा ११३८ मत खसेको छ भने त्यस्तै देवघाट २ वडामा जम्मा मतदाता संख्या२६०१ रहेकोमा १०९७ मत खसेको छ, त्यस्तै गरि देवघाट ३ वडामा मतदाता संख्या १६८२ रहेकोमा जम्मा ६४३ मत खसेको छ । त्यस्तै गरि देवघाट ४ वडामा मतदाता संख्या १५७२ रहेकोमा ६८१ मत खसेको छ त्यस्तै गरि देवघाट ५ वडा मा मतदाता संख्या ४६९४ रहेकोमा २७५७ खसेको छ भने देवघाट गाउँपालिका भरिमा जम्मा ६३१६ खसेको छ ।




karishma gurung

