काठमाडौँ, वैशाख ११
मुख्य दलहरुबीच संसदीय समितिको भागबण्डा मिलेको छ ।
संसदका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा आज भएको छलफलमा एमालेले तीन वटा समितिको सभापति लिने सहमति भएको छ ।
एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति नेपाली कांग्रेसले लिनेछ भने राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापति एमालेले लिनेछ ।



