चितवन, वैशाख १२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिङ्गो देश परिवर्तनको पक्षमा देखिएको बताउनुभएको छ । चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा फराकिलो मतान्तरले विजयी बन्नुभएका लामिछानेले धन्यवाद सभालाई सम्बोधन गर्दै जनताले दिएको मत परिवर्तनको बिगुल भएको बताउनुभयो । जनता अन्यायमा परे, भ्रष्टाचार बढ्यो भन्दा नसुनेपछि आफु चुनाबी मैदानमा आउनु परेको भन्दै उहाँले जनताको मतको कदर गर्दै अन्यायमा पर्न नदिने बताउनुभयो ।
सामान्य त्रुटीका कारण पाँच वर्षका लागि पाँच महिना अघि निर्वाचित भएर गए पनि पुनःमत माग्न आउनु परेको भन्दै उहाँले जनताको अदालत सबैभन्दा ठूलो अदालत भएको बताउनुभयो । विकास निर्माणमा आफूले कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताउँदै संसद्मा रहँदा देशको सुशासन, गरिबी, अशिक्षा ,भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताउनुभयो ।



