चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा १९ जना उमेदवारको धरौटी जफत

images
  • 113
    SHARES
  • बैशाख १४, २०८० बिहीबार
    चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा १९ जना उमेदवारको धरौटी जफत
    images

    भरतपुर । चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा १९ जना उमेदवारको धरौटी जफत भएको छ । कुल सदर मतको १० प्रतिशत पनि मत ल्याउन नसक्ने उमेदवारको धरौटी जफत भएको हो । धरौटी जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार जीवलाल पुरीलगायतका रहेका छन् ।

    वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन–२ मा ७८ हजार ६६४ मत खसेको थियो । यहाँ एक लाख २४ हजार ६९५ मतदाता छन् । एक हजार १९८ मत बदर भएपछि ७७ हजार ४६६ मत सदर भएको थियो । धरौटी फिर्ता पाउनका लागि सात हजार ७४६ मत ल्याउनुपर्ने थियो ।

    उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाधिक ५४ हजार १७६ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । सत्ता गठबन्धनबाट उमेदवार बनेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएर धरौटी जोगाए ।

    सदर मतको १० प्रतिशत मत नल्याउने १९ उमेदवारको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए । ‘उमेदवारी कायम भएका २२ जनामध्ये ३ जनाको मात्रै धरौटी फिर्ता हुने भएको छ । धरौटी फिर्ताका लागि निवेदन दिनुपर्छ’, उनले भने ।

    उमेदवारी दर्ता गराउने बेलामा पुरूष उमेदवारले १० हजार र महिला उमेदवारले पाँच हजार रूपैयाँ धरौटी राख्नुपर्छ । धरौटी जफत हुनेमा एक जनामात्रै महिला उमेदवार रहेकी छन् ।

    धरौटी जफत भएका उमेदवारहरु :

    १. जीवलाल पुरी (रा.प्र.पा.) – ३७५ मत
    २. राजेश अधिकारी (रा.उ.पार्टी) – ७५ मत
    ३. ज्ञानेन्द्र प्रजा (ने.म.कि.पा) – ४७ मत
    ४. जनकराज शर्मा (रा.ज.मो.) – ११० मत
    ५. टेकबहादुर तामाङ (मंगोल ने.अ.) – २११ मत
    ६. योगलाल श्रेष्ठ (रा.ना.पार्टी) – ४१ मत
    ७. महानन्द जैसी (रा.ज.पार्टी) – १८ मत
    ८. छत्रकुमार पाख्रिन (रा.मु.आ.नेपाल) – ३८ मत
    ९. प्रेमबहादुर खड्का –ज.ज.पा.नेपाल) – ७२ मत
    १०. अम्बिका भट्ट (स्वतन्त्र) – ३७ मत
    ११. ताराप्रसाद पौडेल (स्वतन्त्र) – २ मत
    १२. भाष्करचन्द्र न्यौपाने (स्वतन्त्र) – २१ मत
    १३. मोजराज बगाले (स्वतन्त्र) – १६ मत
    १४. रामकृष्ण ओझा (स्वतन्त्र) – ९ मत
    १५. लक्ष्मीमाया कोइराला (स्वतन्त्र) – २१ मत
    १६. विक्रम श्रेष्ठ (स्वतन्त्र) – १३ मत
    १७. सन्तोष थापा (स्वतन्त्र) – ३ मत
    १८. सुमन श्रेष्ठ (स्वतन्त्र) – १९ मत
    १९. सुवास परियार (स्वतन्त्र) – १२ मत

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend