धरान, वैशाख १४
अभिनेता पल शाहले धरान मेयर हर्क साम्पाङलाई भेटेका छन् ।
अभिनेता शाहले मेयर साम्पाङलाई बिहीबार भेटेर गैंती-बेल्चाजस्ता औजार कोसेली दिएका हुन् । इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवबाट प्राप्त पारिश्रमिकको केही हिस्साबाट शाहले औजार खरिद गरेर मेयर साम्पाङको दिएका हुन् ।



