काठमाडौं, वैशाख १५
नेपाली कांग्रेसमा जागरण तथा रुपान्तरणका लागि कांग्रेसका नेता डा. शेखर कोइरालाले आजबाट देशव्यापी अभियान सञ्चालन सुरु गरेका छन् । कोइरालाले यो अभियानका क्रममा सबै जिल्ला पुगेर कार्यकर्ता र जनतासँग पनि भेट्ने र कुरा सुन्ने छन् ।
डा. कोइरालाका अनुसार आज विराटनगरमा कार्यकर्ता भेटघाट र भेला गरेर देशव्यापी अभियान सुरु हुन्छ ।



