रास्वपा सरकारमा जाने नजाने विषयमा औपचारिक निर्णय लिन भोलि सोमबार केन्द्रीय समिति बैठक बस्दै

images
  • 68
    SHARES
  • बैशाख १७, २०८० आइतबार
    रास्वपा सरकारमा जाने नजाने विषयमा औपचारिक निर्णय लिन भोलि सोमबार केन्द्रीय समिति बैठक बस्दै
    images

    काठमाडौं

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन।

    वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि सभापति लामिछानेले पहिलो पटक प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन ।

    भेटमा प्रधानमन्त्री प्रचण्डले सभापति लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई मिलेर चुनौतीको सामना गर्न र अहिलेको संकटबाट मुलुकलाई पार लगाउन पनि आग्रह गरेका थिए ।

    सभापति लामिछानेले भने पार्टीमा छलफल गरेर जवाफ दिने बताएको बुझिएको छ । रास्वपाले सरकारमा जाने नजाने विषयमा औपचारिक निर्णय लिन भोलि सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ ।

       
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend