काठमाडौं, वैशाख १७
वरिष्ठ चिकित्सक गोविन्द केसीले महावीर पुनको धर्ना आन्दोलनलाई ऐक्यवद्धता जनाएका छन् । गत शुक्रकार देखि सरकारसँग विभिन्न चार माग राखेर माइतिघरमा आन्दोलनरत् पुनलाई भेटेर आज केसीले उक्त आन्दोलनमा समर्थन गरेका हुन् ।
अहिलेसम्मका प्रधानमन्त्रीले आविष्कारका क्षेत्रलाई प्राथमिकता नदिएको पुनको आरोप छ। उनले आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा एक प्रतिशत बजेट आविष्कारका क्षेत्रलाई बिनियोजन गरिनुपर्ने बताए।
पुनले सरकारले आफ्नो माग सम्बोधन गर्ने प्रतिवद्धता नजनाएसम्म आन्देलन जारी रहने पनि बताएका छन्



