बगन्दी गाउँका विपन्न वर्गका २६ घरधुरीलाई रोटरी क्लब नारायणगढद्वारा सहयोग

images
  • 537
    SHARES
  • बैशाख १८, २०८० सोमबार
    बगन्दी गाउँका  विपन्न वर्गका २६  घरधुरीलाई रोटरी क्लब नारायणगढद्वारा सहयोग
    images

    करिस्मा गुरुङ

    देवघाट तनहुँ : बैशाख १८

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने अति बिकट गाउँ बगन्दीका २६ घरधुरीलाई रोटरी क्लब अफ नारायणगढ शाखाले खाद्यान्न र लत्ताकपडा वितरण गरेका छन् ।343749490_1203427726854347_6480617097415652635_n.jpg

    सो खाद्यान्न र लत्ताकपडा उक्त बगन्दी गाउँका विपन्न वर्गमा रहेका परिवारलाई वितरण गरिएको रोटरी क्लब अफ नारायणगढका अध्यक्ष नगेन्द्र श्रेष्ठले बताए । कार्यक्रम रोटरी क्लब अफ नारायणगढको पहल र अमेरिकी ह्वाई जोनाथन जीय लगाएत ५ जनाको आर्थिक सहयोगमा बगन्दी गाउँमा ल्याइएको श्रेष्ठले बताए । पवित्र देवघाटमा कार्यक्रम ल्याउन पाउदाँ खुसी व्यक्त गर्दै आगमि दिनहरूमा गाउँपालिका सँग समन्वय गरेर अन्य कार्यक्रमहरु अगाडि बढाउने रोटरी क्लब अफ नारायणगढ शाखाका संस्थापक अध्यक्ष निरन्जन प्रधानले बताए ।344250536_6144217625643577_1897542327387192921_n.jpg

    देवघाट ५ वडा बगन्दी गाउँ हरेक क्षेत्रको तुलनामा दुर्गम रहेको छ जहाँ धेरै संघसंस्थाहरूले सहयोग समेत गर्दै आइरहेका छन् । त्यस्तै रोटरी क्लब अफ नारायणगढ शाखाले नेपाल लगाएत विभिन्न क्षेत्रहरूमा सहयोग गर्दै आइरहेको छ । ४८ घरधुरी रहेको गाउँमा शिक्षा,स्वास्थ्य र खानेपानीको समस्या रहेको ५ वडा सदस्य कमला गुरुङले बताए।साथै सदस्य गुरुङका अनुसार आउने दिनहरूमा तत्काल गाउँमा भएका यी समस्याहरुको लागि गाउँपालिका/वडा र रोटरी क्लब संग समन्वय गरी अगाडी बढ्ने बताए।344078875_3229603603928741_6043814093553941584_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend