राष्ट्रपति रामचन्द्र पाैडेलले आफ्नाे उपचार खर्च आफैँ बेहाेर्ने

images
  • 114
    SHARES
  • बैशाख १९, २०८० मंगलबार
    राष्ट्रपति रामचन्द्र पाैडेलले आफ्नाे उपचार खर्च आफैँ बेहाेर्ने
    images

    काठमाण्डाै -

    राष्ट्रपति रामचन्द्र पाैडेलले आफ्नाे उपचार खर्च आफैँ बेहाेर्ने चाहना व्यक्त गर्नु भएकाे छ।

    राष्ट्रपति पाैडेलले दिल्लीमा रहेको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भएकाे उपचार खर्च आफैँ बेहाेर्न चाहेकाे राष्ट्रपतिका प्रेस संयाेजक खिला कार्कीले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

    गएको वैशाख ६ गते स्वास्थ्यमा समस्या आएपछि उहाँ उपचारका लागि भारत जानुभएको थियो । उहाँ अस्ति आइतवार राति स्वास्थ्यमा सुधार आएपछि स्वदेश फर्कनु भएकाे हाे । 

    राष्ट्रपति पौडेललाई डाक्टरले केही हप्ता आराम गर्न सुझाव दिएका छन् । पेट र छातीमा समस्या देखिएपछि उहाँ उपचारका लागि भारत जानुभएको थियो ।344761690_912533606488332_2441701644951876114_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend