नवनिर्वाचित सांसद उपेन्द्र यादवले शपथ लिए

images
  • 108
    SHARES
  • बैशाख १९, २०८० मंगलबार
    नवनिर्वाचित सांसद उपेन्द्र यादवले शपथ लिए
    images

    काठमाडौँ ।

    नवनिर्वाचित सांसद उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ दिएका छन् । उपनिर्वाचनमा बार–२ बाट निर्वाचित भएका यादवलाई मंगलबार सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । 

     

    चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार नै शपथ लिएका थिए । शुक्रबार भएको शपथग्रहण समारोहमा अनुपस्थित रहेका कारण यादवलाई आज शपथ खुवाउन लागिएको हो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend