पोल्ट्री व्यवसायी शंकर कँडेल झुण्डिएको अवस्थामा मृत फेला

images
  • 146
    SHARES
  • बैशाख २०, २०८० बुधबार
    पोल्ट्री व्यवसायी शंकर कँडेल झुण्डिएको अवस्थामा मृत फेला
    images

    चितवन

    चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकस्थित आफ्नो अफिसको कोठाभित्र कँडेल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

    उनी अनमोल फिड्सका सञ्चालक हुन् । कँडेल झुण्डिएको कोठामा सुसाइड नोटसमेत भेटिएको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

    कँडेल साँझतिर झुण्डिएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरी टोलीले घटनास्थलको मुचल्का गरेर शव पोष्टमार्टमका लागि पठाएको छ ।

    उनी नेपाली कांग्रेस चितवनको यसअघिको कार्यकालमा कोषाध्यक्ष भएका थिए । अहिले महासमिति सदस्य थिए ।

    पछिल्लो समय चितवनको पोल्ट्री क्षेत्रमा संकट आएसँगै उनले अनमोल फिड्स बेचेका थिए । दाना, ह्याचरी र कुखुरा फार्म सञ्चालन गरेका कँडेल सामाजिक व्यक्तित्वका रुपमा समेत जिल्लामा परिचित छन् ।

       
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend