काठमाडौं, वैशाख २०
कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ९रुटिने० विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा लगनगाँठो कसेका हुन् ।
उनीहरूको बिहेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलगायत पुगेका थिए । भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि गुपचुप प्रेममा थिए ।
भिक्टर चाहीँ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । यो पेज युवा पुस्तामाझ निकै लोकप्रिय र विश्वसनीय छ । यस पेजका फलोअर्स ३६ लाखभन्दा बढी छन् ।



