तनहुँमा दोस्रो राष्ट्रिय साहित्य सम्मेलन हुने

images
  • 163
    SHARES
  • बैशाख २०, २०८० बुधबार
    तनहुँमा दोस्रो राष्ट्रिय साहित्य सम्मेलन हुने
    images

    गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले दमौलीमा दोस्रो राष्ट्रिय साहित्य सम्मेलन तथा कविता प्रतियोगिता गर्ने भएको छ । प्रतिष्ठानले यहि जेष्ठ २६ र २७ गते दमौलीमा उक्त कार्यक्रम गर्ने भएको हो । प्रतिष्ठानका अध्यक्ष सागर उदासको अध्यक्षतामा सोमवार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । 'दुइ बर्ष अघि गर्ने भनिएको उक्त सम्मेलन कोभिड-१९ को महामारीले गर्दा रोकिएको र अव स्थिति सामान्य भएको हुंदा सो सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष सागर उदासले जानकारी दिए ।

     

    तत्कालिन समयमा सबै तयारी पुरा भएको तर कोभिडको कारणले गर्दा दिइन् । जिल्ला प्रशासनले समेत कुनै सार्वजनिक कार्यक्रम नगर्नु नगराउनु भनि सुचना दिएकोले रोकिएको उपाध्यक्ष सङ्गम सापकोटाले वताए। सोको लागि देशै भरिबाट गरी दुई सय ३७ साहित्यकारको रचना पहिलानै आइसकेकोले त्यहिबाट कविता छनोट गरिने प्रतिष्ठानले जनाएको छ । प्रथम हुनेलाई ५५ हजार, द्धितीयलाई ४० हजार, तृतीयलाई २५ हजार र ६ जना सान्त्वना हुनेलाई जनही १० हजार • प्रदान गरिने उपाध्यक्ष गौकुमारी न्यौपानेले जानकारी दिइन् । सो । कार्यक्रममा प्रतिष्ठानले स्मारिका समेत प्रकाशन गर्ने तथा असार मसान्त सम्म • अधिवेशन समेत गर्ने प्रतिष्ठानका सचिव अन्जु दाहालले जानकारी

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend