काठमाडौं, वैशाख २१
पछिल्लो समय सामाजिक सञ्जालमा पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ र भ्लगर सिसन बानियाँबीचको एक रोमान्टिक तस्वीर खुब चर्चाको विषय बनेको छ । उक्त फोटोमा सृष्टिले सिसनलाई चुम्बन गरेको फोटो फेसबुकमा भाइरल हुने बित्तिकै यी दुईबीच सम्बन्धलाई लिएर धेरै नै चर्चा हुन थाल्यो ।
‘म र मेरो प्रिय साथी सृष्टिले सेयर गरेको भावना पवित्र छ । जीवनमा हामीले धेरै कुरा साझा गरेका छौं । सबै परिस्थितिमा हामी रोएको र हाँसेको पनि छौं । हामीबीच सधैं निकट मित्रता रहिरहनेछ । लियो र केटजस्तै एकअर्काको उपलब्धिमा हामी ताली बजाउँछौं । यो क्लिप चाहिं सन् २०१६ को भ्लगबाट होला र मलाई थाहा छ ट्रोल गर्नु भनेको रमाइलोका लागि हो,’ उनी लेख्छन्, ‘म यसभन्दा माथि छु तर तिमीहरु हाम्रो समाजका महिलालाई साँच्चै कठिन छ । यस्तो जोक्स र हल्लाले हाम्रो व्यक्तिगत तहलाई असर पार्छ । मसँग प्रोटेक्टिक स्वभावका केटीसाथीहरु पनि छन् । यो तस्वीरलाई लिएर हल्ला नगर्नुहोला ।’



