काठमाडौं,बैशाख २१
महानगररपालिकाले कार्यालय समयमा जुवा खेल्ने तीन नगर प्रहरीलाई निलम्बन गर्ने भएको छ। नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवल्दार प्रयास घिमिरे र जवान रुपेश बानियाँलाई निलम्बन गर्ने महानगर स्रोतले जनाएको छ। निलम्बनमा पर्न लागेका हवल्दार प्रयास घिमिरे उपमेयर सुनिता डंगोलका पूर्व पिएसओ हुन्।



