२१ वेशाख, काठमाडौं
निजामती कर्मचारीहरुले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकारले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि कर्मचारीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।
आफूहरुको मागको सम्बन्धमा वार्ता समितिले बिहीबार नै छलफल गर्ने तयारी गरेको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए । वार्तामार्फत आफूहरुको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रमहरु निर्धारण गरिने उनले बताए ।



