सुनको भाउ घट्यो

images
  • 73
    SHARES
  • बैशाख २४, २०८० आइतबार
    सुनको भाउ घट्यो
    images

    काठमाण्डौ – गएको बिहीवार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने एक हजार दुई सय रुपैयाँले घटेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ ।

    अस्ति बिहीवार तोलामा एक  लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको थियो ।

    हिजो शनिवार र अस्ति शुक्रवार सार्वजनिक बिदा भएकाले भाउ तोकिएको थिएन।

    आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि तोलाको एक हजार चार सय ४५ रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend