काठमाडौँ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नक्कली शरणार्थी प्रकरण छानविनमा नेकपा एमालेले सहयोग गर्ने बताएका छन् ।प्रेस चौतारी कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले उक्त प्रकरणमा जोडिएका सबैको अनुसन्धान हुनुपर्ने पनि बताए ।
‘टोपबहादुर रायमाझीजीको संग्लनताको प्रश्न उठेको छ । त्यसलाई छानविन गर्ने कुरामा नेकपा एमाले जहिले पनि सहज बन्छ, असहज बन्दैन,’ नेकपा एमाले नेता बस्नेतले भने ।



