जो बिदा मनाउन जोमसोम जाँदै थिए,जहाजमा अर्का पाइलट पनि थिए,

images
  • 128
    SHARES
  • जेठ १५, २०७९ आइतबार
    जो बिदा मनाउन जोमसोम जाँदै थिए,जहाजमा अर्का पाइलट पनि थिए,
    images

    काठमाडौं  । 

    आइतबार सम्पर्कविहीन तारा एयरको जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए । जसमा दुई जना तेस्रो मुलुकका र चार जना भारतीय नागरिक थिए । उक्त जहाजमा तीन जना चालकदलका सदस्यसहित पाइटल वसन्त लामा पनि सवार थिए । 

    यति एयरकै पाइलट लामा विदा मनाउन जोमसोम जान लागेका थिए । पाइटल लामाले आइतबार बिहान मात्र जहाज उडाएका थिए । आफ्नो ड्यूटी सकेर बिदा मनाउन भनेर उनी जोमसोम जान लागेका थिए । 

    15285394461000-upload-iblock-e18-tara-ai_20220529105855.jpg

    यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जोमसोम जानुअघि पाइटल लामाले चार उडान भरेका थिए । बिहान जहाज उडाएर पछि पाइटल प्रभाकर प्रसाद घिमिरेलाई हस्तान्तरण गरेका थिए । सोही उडानमार्फत उनी जोमसोमतिर लागेका थिए । 

    पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको ट्वीनटर विमान अहिले सम्पर्कविहीन छ । तारा एयरका सिनियर क्याप्टेन घिमिरेले जहाज उडाइरहँदा सह-पाइटल उत्सव पोखेरेल र एयरहोस्टेज क्रिस्मी थापा साथमा थिइन् । 

     

    सम्पर्कविहीन बनेको विमानमा सवार यात्रुको नामावली सार्वजनिक भएको छ । जसमा पाइलट लामाको पनि नाम छ । उक्त विमान मुस्ताङको लेतेबाट सम्पर्कविहीन बनेको थियो । 

     

    यति एयरका प्रवक्ता बर्तौलाले विमानबारे अहिलेसम्म केही पत्ता नलागेको बताए । ‘बाहिर हल्ला धेरै फैलिरहेको छ । तर, अहिलेसम्म जहाज फेला पारेका छैनौं । खराब मौसमका कारण खोजीकार्यमा समस्या भइरहेको छ,’ प्रवक्ता बर्तौलाले भने । 
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend