प्रहरीले कैलालीका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ

images
  • 110
    SHARES
  • बैशाख २४, २०८० आइतबार
    प्रहरीले कैलालीका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ
    images

    धनगढी । 

    प्रहरीले कैलालीका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

     

    धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सार ब्यारेल नजिकबाट लागूऔषधसहित गौरीगंगा नगरपालिका–८ का १९ वर्षीय राममाया कुश्मी शनिबार पक्राउ परेका छन् । उनी दुई ग्राम लागूऔषधसहित पक्राउ परेका हुन् । त्यस्तै टीकापुर नगरपालिका–९ खक्रौलाबाट पनि लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन् ।

     

    ३ ग्राम ८० मिलिग्राम लागूऔषधसहित शनिबार लम्कीचुहा नगरपालिका–२ मोतीपुरका २६ वर्षीय सागर घिमिरे र सोही नगरपालिका बगौराका ३३ वर्षीय प्रेम सुनार पक्राउ परेका हुन् ।

    इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले सागरलाई करिब २ ग्राम १७० मिलिग्राम र प्रेमलाई करिब ९ सय १० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend