रामपुर क्याम्पसमा नेविसंघले लगाएको ताला एक महिनापछि प्रहरीले फुटायो

images
  • 93
    SHARES
  • बैशाख २५, २०८० सोमबार
    रामपुर क्याम्पसमा नेविसंघले लगाएको ताला एक महिनापछि प्रहरीले फुटायो
    images

    चितवन, वैशाख २५

    चितवनको रामपुर क्याम्पस खैरहनीमा नेविसंघले लगाएको ताला प्रहरीले फुटाएको छ । आज दिउँसो प्रहरीले विगत एक महिनादेखि नेविसंघले लगाएको ताला फुटाएको हो । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले विद्यार्थीहरुले पठनपाठनसँगै प्रशासनिक कामहरु तथा परीक्षासमेत हुन नसकेको गुनासो गरेपछि ताला फुटाएको छ ।

    स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा क्याम्पस प्रशासनले मनपरी ढंगले निर्वाचन गराएको भन्दैं नेविसंघले चैत २३ गतेदेखि क्याम्पसमा तालावन्दी गरेको थियो ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend