२४ घण्टामा ५१ जनामा काेराेना सङ्क्रमण

images
  • 226
    SHARES
  • बैशाख २६, २०८० मंगलबार
    २४ घण्टामा ५१ जनामा काेराेना सङ्क्रमण
    images

    काठमाण्डाै 

    पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी एक हजार नाै सय दुई जनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा २६ जना काेराेना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४७ रहेको मन्त्रालयले जनाएकाे छ ।

    मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ५२ हजार एक सय २१ जनाकाे काेराेना भाइरसविरुद्धकाे खाेप लगाएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend