सङ्कटाले सातदोबाटोलाई हरायो

images
  • 85
    SHARES
  • बैशाख २६, २०८० मंगलबार
    सङ्कटाले सातदोबाटोलाई हरायो
    images

    काठमाण्डाै 

    शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सङ्कटा क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ ।

    ललितपुरको च्यासल मैदानमा आज मङ्गलवार भएको खेलमा सङ्कटाले सातदोबाटोलाई २–० गोलले हरायो । सङ्कटाका लागि युसेफ एट्रिसले दुई गाेल गरे । याे जितसँगै १६ खेलमा २० अङ्कसहित सङ्कटा नवौँ स्थानमा पुगेको छ भने २३ अङ्क रहेको सातदोबाटो पाँचौँ स्थानमा छ ।

    आजै दशरथ रङ्गशालामा भएको खेलमा थ्री स्टार क्लब र न्युरोड टिम (एनआरटी) ले गोलरहित बराबरी खेलेका छन् । केही उत्कृष्ट मौकाको सदुपयोग गर्न नसक्दा दुवै टोलीले १/१ अङ्क बाँडे । थ्री स्टार  २५ अङ्कसहित दोस्रो स्थानमा र एनआरटी १८ अङ्कसहित १२ औँ स्थानमा छ ।

    तस्बिर : एन्फा

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend