देवघाट: बैशाख ३०
नेपाल मगर संघ बागमती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट अध्यक्ष पदमा मिलन थापा मगर सहित ३५ सदस्यीय कार्यसमिति सर्वसहमत चयन भएको हो
।

त्यस्तै गरी प्रथम उपाध्यक्ष सुरेन्द्र थापा मगर,द्वितीय उपाध्यक्ष खेम अर्धा मगर,उपाध्यक्ष महिला भद्रिका थापा मगर,प्रथम सचिव रामकृष्ण थापा मगर,दोस्रो सचिव इश्वर पल्ली थापा मगर,सचिव महिला शर्मिला थापा मगर, सचिव राम कुमार बोगटी मगर,अतिरिक्त सचिव देव बहादुर राजा मगर,कोषाध्यक्ष मोहन थापा मगर, सह-कोषाध्यक्ष इन्द्र थापा मगर र सदस्य गंगा लुङ्गेलीमगर,भिमकुमारी आलेमगर,अम्बर बहादुर थापामगर,जित बहादुर सारुमगर लगाएत ३५ सदस्यीय कार्यसमिति चयन भएका छन् ।

सो अधिवेशन नेपाल मगर संघ केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरको प्रमुख अतिथ्य,विशिष्ट अतिथि नेपाल मगर संघ केन्द्रीय सह-अध्यक्ष गंगा बहादुर थापा मगर र नेपाल मगर संघ केन्द्रीय उपाध्यक्ष जगत रेस्मी मगर, नेपाल मगर संघ केन्द्रीय महासचिव टेक बहादुर नाम्जाली मगर,नेपाल मगर संघ चितवन जिल्ला अध्यक्ष ठाकुर सीं आले मगर लगाएत उपस्थिति रहेका थिए ।


karishma gurung

