प्रमुख दलका शीर्ष तीन नेता बालुवाटारमा छलफल

images
  • 150
    SHARES
  • बैशाख ३१, २०८० आइतबार
    प्रमुख दलका शीर्ष  तीन नेता बालुवाटारमा छलफल
    images

    काठमाडौं ।

    प्रमुख दलका शीर्ष  तीन नेता बालुवाटारमा छलफलमा जुटेका छन् ।

     

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको हो ।

     

    पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिएको हो ।

    भेटमा बजेट र नीति तथा कार्यक्रमसहित संसदीय सुनुवाइ समिति गठनबारे छलफल हुने बताइएकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend