काठमाडौं, वैशाख ३१
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसको केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणा देउवाको नाम जोडिएकोप्रति नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले आपत्ति जनाएको छ ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले एक विज्ञप्ति जारी गर्दै आरजूको नाम जोडेर विभिन्न सञ्चार माध्यममा विदेश भागेको र व्यक्तीगत चरित्र हत्या गर्ने खालको अनर्गल कुराहरुप्रति ध्यानाकर्षण जनाएका हुन् ।




