दाङ ।
लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री धनबहादुर मास्कीले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री डिल्ली चौधरीले सोमबार मास्कीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । अन्य दुई जना मन्त्रीहरुको भने जिम्मेवारी तोकिएको छैन ।
नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोसपाका सन्तोषकुमार पान्डेलाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छैन । सम्भवत: भोलि नै दुई जना मन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले बताए ।
श्रोतका अनुसार नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेलाइ सहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।



