चितवन, जेठ १
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरका सबै सामुदायिक विद्यालयलाई नारायणी माविको जस्तै नमुना बनाउने बताएकी छन् ।
मेयर दाहालले भरतपुरका सामुदायिक विद्यालयमा भइरहेको विद्यार्थीको संख्या वृद्धि नै यसको मानक भएको उदाहरण दिइन् । अहिले विद्यार्थीको संख्या वृद्धि भएकाले धेरैजसो विद्यालयमा भवनहरु थप निर्माण गर्नुपर्ने अवस्था रहेको पनि उनले जानकारी दिइन् । भरतपुरका दुई हजार विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको छ । भरतपुर वडा नम्बर २५ मा रहेको सोसी माध्यमिक विद्यालयका विद्यार्थीलाई सो सामग्री दिएर कार्यक्रमको शुभारम्भ गरिएको हो ।
साझापुर माविमा ३५५ जना, सोसी माविमा ४३६ जना, हिमालय दण्डपाणि माविमा २७८ जना, मोहन माविमा ४१४, सिद्धि जनकल्याण आद्यारभूत विद्यालयमा १४५ जना र ईन्द्रपुरी माविमा १०० जनाले सो सामग्री पाएका छन् ।



