काठमाडौं, जेठ २
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारलाई दिएको समर्थनबारे जनमत पार्टीले बजेटपछि पुनर्विचार गर्ने भएको छ। जनमत पार्टीका अध्यक्ष सिके राउतले आफूहरूले बजेटलाई असर नपर्ने गरी मात्र निर्णय लिने बताए।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएको भन्दै जनमत पार्टीका तर्फबाट मन्त्री बनेका खानेपानी तथा सरसफाई मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए।
उद्योग मन्त्रालय नपाए कृषि पाउनु पर्ने उसको अडान थियो। पुस ११ गते जनमत पार्टीका तर्फबाट वरिष्ठ उपाध्यक्ष खान मन्त्री बनेका थिए।
प्रतिनिधि सभामा जनमत पार्टीका तर्फबाट ६ जना सांसद छन्।मधेस प्रदेशमा पनी जसपाले सकारबाट हटाउन चाहेकोबाहेक अरू विषय आफूले थाहा नपाएको उनले बताए।



