मदन आश्रित स्मृति दिवसमा एमालेको बिशेष कार्यक्रम

images
  • 135
    SHARES
  • जेठ ३, २०८० बुधबार
    मदन आश्रित स्मृति दिवसमा एमालेको बिशेष कार्यक्रम
    images

    काठमाडौं । 

    नेकपा (एमाले)ले तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा बुधवार  मदन नगर, बल्खुमा बिशेष कार्यक्रम गर्दैछ ।

     

    एमालेका अनुसार ‘मदन–आश्रित स्मृति’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र नेता आश्रितको तस्वीरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।

     

    विहान ७.४५  बजे हुने सो कार्यक्रममा उपस्थितिका लागि एमालेले नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई निमन्त्रणासमेत गरेको जनाएको छ ।

    जननेता भण्डारी र नेता आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा षडयन्त्रपूर्ण दुर्घटनाबाट निधन भएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend