नागरिक उन्मुक्ति पार्टीले रेशम चाैधरीकाे रिहाइकाे माग गर्दै आन्दाेलन

images
  • 182
    SHARES
  • जेठ ३, २०८० बुधबार
    नागरिक उन्मुक्ति पार्टीले रेशम चाैधरीकाे रिहाइकाे माग गर्दै आन्दाेलन
    images

    काठमाण्डाै 

    नागरिक उन्मुक्ति पार्टीले रेशम चाैधरीकाे रिहाइकाे माग गर्दै विभिन्न आन्दाेलनका कार्यक्रमकाे घाेषणा गरेकाे छ । 

    टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको पार्टीका वरिष्ठ उपाध्यक्ष दामाेदर पण्डितले विज्ञप्ति निकालेकाे विज्ञप्तिमा उल्लेख छ । आन्दाेलनका कार्यक्रमअन्तर्गत जेठ ३, ४ र ५ गते देशव्यापी जुलुस र काेणसभा पनि गर्ने विज्ञप्तिमा उल्लेख छ ।

    यस्तै पार्टीले टीकापुर घटनाबारे लाल आयाेगकाे प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेकाे छ । टीकापुर घटना राजनीतिक मुद्दा भएकाले राजनीतिक रूपबाटै टुङ्ग्याउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend