गुरुङ मगर सांस्कृतिक एकता समाज शुक्लागण्डकीको अध्यक्षमा मनराज गुरूङ चयन

images
  • 244
    SHARES
  • जेठ ३, २०८० बुधबार
    गुरुङ मगर सांस्कृतिक एकता समाज शुक्लागण्डकीको अध्यक्षमा मनराज गुरूङ चयन
    images

    देवघाट, जेष्ठ ३

    गुरुङ मगर सांस्कृतिक एकता समाज शुक्लागण्डकीको अध्यक्षमा मनराज गुरुङ चयन भएका छन् । गुरूङ मगर साँस्कृतिक एकता समाज शुक्लागण्डकीको छैठौ अधिवेशनबाट गुरुङको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो ।

    370499959347768707_782475636769657_2751273891408565937_n.jpeg

    उपाध्यक्ष पदमा चन्द्र थापा मगर, सचिव पदमा अमर राज थापा, सह-सचिव पदमा डिल बहादुर गुरुङ, कोषाध्यक्ष पदमा रुपा गुरुङ र सदस्यहरुमा यामबहादुर आले, पदमबहादुर आले, भेषबहादुर गुरुङ, नारायण गुरुङ, यामबहादुर आले, कृष्णकुमारी थापा, गोमाया थापा, मेखबहादुर गुरुङ, टुकबहादुर गुरुङ र पूर्णबहादुर आले चयन भएका छन् । २०४९ सालमा स्थापना भएको यस संस्था केहि समय सुस्ताए पनि दुबै समुदायलाई एकताबद्ध बनाउदै आर्थिक,सामाजिक र राजनैतिक रुपान्तरणमा सहजीकरण गर्ने उद्धेश्य सहित पुन: क्रियाशील बनाइएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend