भारत सरकारको अनुदानमा दुई परियोजना निर्माण हुने

images
  • 142
    SHARES
  • जेठ ४, २०८० बिहीबार
    भारत सरकारको अनुदानमा दुई परियोजना निर्माण हुने
    images

    काठमाडौँ। 

    भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना निर्माण हुने भएको छ । स्वास्थ्य र शैक्षिक क्षेत्रका दुईवटा सामुदायिक विकास परियोजनाको निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँ स्थित भारतीय राजदूतावासबीच हिजो सम्झौता भएको हो । 

     

    रामेछापको मालागिरी शान्ति योगाश्रम र डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस निर्माणका लागि सम्झौता भएको हो । दुवै परियोजनामा कूल रु आठ करोड ३३ लाख लगानी हुने अनुमान गरिएको छ । परियोजना रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । परियोजना निर्माणले स्थानीयलाई गुणस्तरीय स्वास्थ्य तथा शैक्षिक सुविधा पुग्ने विश्वास लिइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend