सांसद जगप्रसाद शर्माले शरणार्थी प्रकरणमा खुट्टा नकमाई दृढतापूर्वक अघि बढ्न सरकारलाई आग्रह

images
  • 72
    SHARES
  • जेठ ५, २०८० शुक्रबार
    सांसद जगप्रसाद शर्माले  शरणार्थी प्रकरणमा खुट्टा नकमाई दृढतापूर्वक अघि बढ्न सरकारलाई आग्रह
    images

    काठमाडौँ ।

    सत्तारुढ माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाई दृढतापूर्वक अघि बढ्न सरकारलाई आग्रह गरेका    छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो प्रकरणमा सरकारले उठाएको कदम स्वागतयोग्य रहेको उल्लेख गर्दै त्यसलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताए । 

     

    सांसद शर्माले देशका निम्ति, राष्ट्रका निम्ति सरकारले जोड दिएर काम गर्नुपर्ने पनि बताए । मुलुकको सुशासनका लागि पुँजीगत खर्च समयमै हुने गरी आवश्यक कानुन बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण उनले गराए । साधारण खर्च हुने तर पुँजीगत खर्च ५० प्रतिशत पनि नहुने कुराले मुलुकको सुशासन र समृद्धि हुन नसक्ने सांसद शर्माको भनाई थियो ।

     

    निर्वाचन प्रणालीले सबै राजनीतिक दलहरूमा विकृति र विसंगति भित्र्याएको उल्लेख गर्दै त्यसलाई संशोधन गरेर अघि बढ्न पनि सबै राजनीतिक दलहरु अग्रसर हुनुपर्ने उनले बताए ।  सांसद शर्माले यही बजेट अधिवेशनमा पुँजीगत खर्च बेलैमा हुने गरी आवश्यक कानुनी व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend