काठमा आत्मनिर्भर बनाउने र वन लिजमा दिइने -सरकारको घोषणा

images
  • 177
    SHARES
  • जेठ ५, २०८० शुक्रबार
    काठमा आत्मनिर्भर बनाउने र वन लिजमा दिइने -सरकारको घोषणा
    images

    काठमाडौंजेठ ५

    सरकारले आगमी आर्थिक वर्षभित्र काठमा आत्मनिर्भर बनाउने तथा वन लिजमा दिने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलकलाई काठमा आत्मनिर्भर बनाउने घोषणा गरेका हुन् ।

    उनले भने, ‘ तीनै तहको सरकारको समन्वय र समुदायको सहभागिता सहित वनको सम्वर्द्धन गरिनेछ । दिगो वनको उचित व्यवस्थापन अनुरुप  काष्ठ र गैरकाष्ठ उत्पादन, विकास, विस्तार आपुर्तीमा मुलुकलाई काठमा आत्मनिर्भर बनाइनेछ।’

    निजी वनको प्रवर्द्धन गर्न साझेदारीमा लगानी गर्नेसमेत उनको भनाइ छ । उनले भने, ‘नीति तथा कार्यक्रममार्फत ढला पडा रुखको आवश्यक प्रक्रिया पूरा गरी आगमी दुई वर्षभित्र विक्री वितरण गरिनेछ।’

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend