अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन दिएको सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन निजगढमा

images
  • 171
    SHARES
  • जेठ १५, २०७९ आइतबार
    अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन दिएको सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन निजगढमा
    images

    काठमाडौं, जेठ १५-

    बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थद नबनाउन सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध आइतबार पनि काठमाडौँमा विरोध प्रदर्शन भएको छ ।

    283650959_401374425205011_4763949657880797740_n.webp

    गत बिहीबार सर्वोच्च अदालतले वातावरणीय कारण देखाएर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई बदर गरिदिएको थियो ।

    सर्वोच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेपछि काठमाडौं र बारामा दैनिकजसो विरोध प्रदर्शन भइरहेको छ ।

    आइतबार माइतीघर मण्डलमा सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीले ‘के विकास र समृद्धि अधिकार होइन रु, कार्यपालिकाको कामप्रति हस्तक्षेप बन्द गर, ‘वातरणको नाममा विकास रोक्न पाइदैन’ प्लेकार्ड बोकेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend