मेक्सीकोमा एक अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा १० को मृत्यु

images
  • 228
    SHARES
  • जेठ ७, २०८० आइतबार
    मेक्सीकोमा एक अज्ञात समूहले  अन्धाधुन्ध गोली प्रहार गर्दा १० को मृत्यु
    images

    मेक्सिको सिटी ।

    मेक्सीकोमा एक अज्ञात समूहले आमोदप्रमोदका निम्ति कारदौडमा सहभागी भएकाहरूमाथि सशस्त्र हमला गरेको छ । गैरव्यावसायिक चालकहरू सहभागी भएको कार दौडमा एउटा सशस्त्र समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् । 

     

    बाजा क्यालिफोर्नियाको एन्सेनाडामा राजमार्गको छेउमा पार्किङ गरेका कार दौडका सहभागीहरूलाई गाडीबाट बाहिर निकालेर  एक समूहले गोली प्रहार गरेको  स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मिलेनियो अखबारले जनाएको छ । घटनाको सुरक्षा अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend