रास्वपाका निलम्बित सांसद ढाकाकुमारकाे मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

images
  • 196
    SHARES
  • जेठ १०, २०८० बुधबार
    रास्वपाका निलम्बित सांसद ढाकाकुमारकाे मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार
    images

    काठमाडौँ 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले यस अघि भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ ।मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग रकमको माग गरेको अडियो सार्वजनिक भएसँगै रास्वपाले श्रेष्ठलाई बर्खास्त गर्दै उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद पदमा स्थापित गर्ने निर्णय गरेको थियो । तर श्रेष्ठले सांसद पदमा पुनर्बहालीको माग गर्दै रिट दायर गरेका थिए ।

     
     

    उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले तत्काल सांसद पद खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

       
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend