काठमाडौं, जेठ १३
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार थप एक अभियुक्त पक्राउ परेका छन् । फरार बनाएर मुद्दा दायर गरिएका लक्ष्मी महर्जनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । १६ जना पक्राउ परेकामा महर्जनसहित १४ जनालाई फरार बनाएर मुद्दा दायर भएको थियो । पीडितहरूसँग पैसा लेनदेनमा उनको खाता प्रयोग भएको आधारमा प्रहरीले प्रतिवादी बनाएको थियो ।



