मुग्लिनमा बस दुर्घटना हुदाँ ३२ जना घाइते

images
  • 292
    SHARES
  • जेठ १६, २०८० मंगलबार
    मुग्लिनमा बस दुर्घटना हुदाँ ३२ जना घाइते
    images


    मुग्लिन, १६ जेठ ।

    पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ५ मुग्लिनमा बस दुर्घटना हुदाँ ३२ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरा तर्फ जादैँ गरेको ग १ ख ७७०१ नम्बर बस केहीबेर अघि मुग्लिन सिमलधारा नजिक दुर्घटनामा परेका हुन्। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बसमा सवार रहेका ३२ जना घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।


    तीब्र गतिमा रहेको बस ओभरट्याक गर्ने क्रममा सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    अहिले राजमार्ग एकतर्फी मात्र सुचारु रहेको छ । सडक दुईतर्फी सञ्चालनका लागि क्रेनको साहय्ताबाट दुर्घटनामा परेका बसलाई सडकबाट हटाउने प्रयास भइरहेको प्रहरीको भनाई छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend