काठमाडौं, जेठ १७
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्ने तयारी गरेका छन्। राष्ट्रपति पौडेलका कानूनी सल्लाहकार बाबुराम कुँवरका अनुसार मन्त्रिपरिषदबाट नागरिकता विधेयक प्रमाणीकरणका लागि आग्रह भई आएकोले राष्ट्रपतिले आजै प्रमाणीकरण गर्ने तयारी गरेका हुन्।



