‘सरी मोदी ब्रो ! बरू प्रचण्ड र रामचन्द्रलाई लैजाउ, लुम्बिनी र कपिलवस्तु दिन सकिन्न’

images
  • 381
    SHARES
  • जेठ १७, २०८० बुधबार
    ‘सरी मोदी ब्रो ! बरू प्रचण्ड र रामचन्द्रलाई लैजाउ, लुम्बिनी र कपिलवस्तु दिन सकिन्न’
    images

    काठमाडौं, १७ जेठ 

    नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नागरिकता विधेयक प्रमाणीकरण र भारतले जारी गरेको अखण्ड भारतको नक्साविरूद्ध प्रदर्शन गरेको छ।

    बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीत गरेपछि राष्ट्रपति पौडेलमाथि विभिन्न टिकाटिप्पणी भइरहेका छन् भने भारतले नयाँ संसद् भवनमा राखेको अखण्ड भारतको नक्सामा नेपालको भूभाग राखेको भन्दै देशभर विरोध भइरहेको छ।

    सोही विषयमा बुधबार नयाँ बानेश्वरमा विरोध गर्दै युवा संघ नेपालले ‘सरी मोदी ब्रो ! बरू प्रचण्ड र रामचन्द्रलाई लैजाउ, लुम्बिनी र कपिलवस्तु दिन सकिन्न’लगायतका प्लेकार्ड र राष्ट्रपति पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतविरूद्ध प्रदर्शन गरेको हो।

     

     

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend