काठमाडौँ
अब ६८ वर्षमै वृद्धभत्ता पाइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । यो व्यवस्था आगामी साउनबाट लागू हुनेछ ।

‘हालआगामी आर्थिक वर्षका लागि सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।
७० वर्षमाथिको ज्येष्ठ नागरिक समूहलाई दिँदै आएको सामाजिक सुरक्षाभत्ता अब ६८ वर्षमा उपलब्ध गराइने व्यवस्था गरिएको छ,’ अर्थमन्त्री जनार्दन शर्माले, ‘सामाजिक सुरक्षाभत्ता नलिन स्वघोषणा गर्ने हरुलाई सरकारले सम्मान गर्नेछ ।’



