राष्ट्रपतिको कदम र भारतको मिचाहा प्रबृत्ति विरुद्ध राष्ट्रिय युवा संघ चितवन आन्दोलित

images
  • 211
    SHARES
  • जेठ १८, २०८० बिहीबार
    राष्ट्रपतिको कदम र भारतको मिचाहा प्रबृत्ति विरुद्ध राष्ट्रिय युवा संघ चितवन आन्दोलित
    images

    आशिष उप्रेती, चितवन, जेठ १८-

    राष्ट्रपति रामचन्द्र पौडेलको कदम र भारतले अखण्ड भारतका नाममा नेपाली भूमि समेटेर संसद भवनमा नक्सा बनाएको विरोधमा राष्ट्रिय युवा संघ चितवन आन्दोलनमा उत्रिएको छ । राष्ट्रिय युवा संघ चितवनले आज बिहिबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विरोध जनाएको हो ।

    343765094_1919510361746321_5411785106544863119_n.jpg

    राष्ट्रिय युवा संघ चितवनका संयोजक शंकर अधिकारी नेतृत्वको टोलीले बिरोध जनाउदै आज प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा “राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको नागरिकता विधेयक फिर्ता लिन र भारत सरकारले अखण्ड भारतका नाममा समावेश गरेको हाम्रो भूमीलाई सच्याउन पहल गर्नका लागी हामी नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ” भनिएको छ ।

    343813447_2365473983622698_7300799620078067185_n.jpg

    राष्ट्रिय युवा संघ चितवनले अन्यथा सरकारले दिनप्रतिदिन यसरी नै राष्ट्रहित र संविधान विरोधी क्रियाकलाप गर्दै लोकतन्त्रकै उपहास गर्ने कार्य गर्दै गए राष्ट्र र राष्ट्रियता बचाउन ज्यानको बाजी थापेर चरणवद्ध आन्दोलनको आँधिवेहरी सिर्जना गर्न राष्ट्रिय युवा संघ नेपाल बाध्य हुने चेतावनी समेत दिएको छ ।

    343618024_1568721583654076_5974151630432646318_n.jpg

    यसैबीच संघले जेठ १९ गते बेलुका ७ बजे भरतपुरको चौबीसकोठीमा विरोध प्रदर्शन गर्ने भएको छ । अखण्ड भारतको नक्साका विषयमा सरकारको निरिह तथा लाचारीपन, नागरिकता विधेयक लगायत गठबन्धन सरकारको राष्ट्रघाती कदम विरुद्ध विरोध प्रदर्शन गर्न लागिएको राष्ट्रिय युवा संघ चितवनले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend