चितवन, जेठ १८-
अत्यधिक गर्मी बढेपछि चितवनको खैरहनी नगरपालिकाका विद्यालय छ दिनको लागि बन्द भएका छन् । खैरहनी नगरपालिकाले स्थानीय बिदाबाट कटौती हुने गरी जेठ १९ गते एक दिन र बर्षे बिदाबाट कटौती हुने गरी जेठ २१ गतेबाट जेठ २५ गतेसम्म पाँच दिन गरी जम्मा छ दिनका लागि विद्यालयहरु बिदा गरेको हो ।

नगरपालिकाले नियमित सञ्चालन भएका परीक्षालाई भने यथावत रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले गर्मीको कारण विद्यार्थीलाई विद्यालय आउन जान असहजता सिर्जना भएकोले बिदा दिनु परेको जनाएको छ ।



