आशिष उप्रेती, चितवन, जेठ १८-
अत्यधिक गर्मी बढेपछि पूर्वी चितवनको राप्ती नगरपालिकाका विद्यालय पाँच दिनको लागि बन्द भएका छन् । राप्ती नगरपालिकाले स्थानीय बिदाबाट कटौती हुने गरी जेठ १९ गते एक दिन र बर्षे बिदाबाट कटौती हुने गरी जेठ २१ गतेबाट जेठ २४ गतेसम्म चार दिन गरी जम्मा पाँच दिन विद्यालयहरु बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले गर्मीको कारण विद्यार्थीलाई विद्यालय आउन जान र पठनपाठनमा निकै असहजता सिर्जना भई स्वास्थ्यमा समेत प्रतिकुल असर पर्न सक्ने भएकोले गर्मी बिदा दिनु परेको जनाएको छ ।



