काठमाडौँ, जेठ २०
गर्मी बढेर तापक्रम ४० डिग्रीभन्दा माथि पुगेसँगै मध्य तराईका विभिन्न ठाउँमा तातो हावासहित ‘लू’ चल्न थालेको छ । गर्मी बढेसँगै तातो हावा चल्न थालेपछि यसलाई ‘लू’ भनिन्छ ।
तातो हावा तथा ‘लू’ का कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने गर्छ । पूर्वानुमान महाशाखामो अनुसार तापक्रम उच्च भएका तराईका क्षेत्रमा अझै केही दिन पानी पर्ने सम्भावना छैन । जस्का कारण अझै तापक्रम बढ्दै जानछ ।



