काठमाडौं, जेठ २१
सरकारले नयाँ आर्थिक विधयेकसँगै विदेशबाट आउने यात्रुले भन्सार नतिरी ल्याउन पाउने सामानहरुको सूची सार्वजनिक गरेको छ ।
-सुनको गहना पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म, चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया, तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका सुनका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तु गहनाको रुपमा ल्याउन पाइने छैन।
-लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि, शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
-ट्याबलेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा र सेलुलर मोबाइल फोन एक थान ल्याउन पाउने । तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याएमा सो बापत लाग्ने महसुल समेत पूरै छुट हुने र त्यस्तो थप एक थान नयाँ सेलुलर मोबाइल फोनको हकमा भन्सार प्रक्रिया पूरा गर्नु पर्नेछ,
-सात किलोग्रामसम्म खाद्य परिकार र एक लिटरसम्मको मदिरा बोतल एक वटा आदि)



